Wednesday, July 31, 2013

क्षितिज मुक्तक


मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलका मिक्तकहरु आज या पेश गरेको छु । 
१.
क्षितिज पौडेल
हिमाल माटो अनि खानी माग्यो
डुबायो देश अनि पानी माग्यो

बुद्धको  बृद्काल र मृत्यु उसैसंग थियो
हुदाहुदा बालापन र जवानी माग्यो

२.
कि रुखले काम देखाउनु पर्यो
कि सुर्यले घाम देखाउनु पर्यो

ए १२ वर्ष रामायण पढाउने  रत्नाकर
रावण मात्र होइन राम देखाउनु पर्यो

३.
कर्णालीको गाथा सुनाउनहुन्छ था'
दाजु भन्दिनु न कर्णाली का'

तपाई त संसार घुमेको मान्छे
कहिले कर्णाली जानु भा'

४.
मात्र समय काट्ने पारा खोजेको भए
बरु जुन र तारा खोजेको भए

पाउन अलि सजिलो हुनेथियो होला
उनलाई नभई संसार सारा खोजेको भए

५.
हेर्दा हेर्दै कमरेडले घर फेर्नुभएछ
उपनाम राखेर थर फेर्नुभएछ

बधाई दरबारले भोट हजुरलाई दिनेभो
चुनाब चिन्न हेलिकप्टर फेर्नुभएछ

६.
जे मिल्छ अब बाडेर खानेछु
मभन्दा देश ठुलो ठानेछु

देश बनाउने भए यति भनोस्
दिल्ली भन्दा पहिला दार्चुला जानेछु |

७.
जब उकुशमुकुश हुनेछ
बिद्रोह र जुलुस हुनेछ

रामको पनि सत्ता खोसिनेछ
शासनमा लुवकुश हुनेछ








Sunday, July 28, 2013

गाह्रो भो (अनुज गजल)

अनुज काफ्ले
जफे ८ दोलखा 
हाल रुपन्देही 
धेरै समय सम्म सगै काम गरेर पनि मित्र अनुज कफ्लेजिको गजल हिजो बल्ल सुन्ने अवसर पैयो मेरो लागि त त्यो गजल ब्लग को लागि खुराग नै भयो । हसाउन खोज्ने रमाइलो गर्न रुचाउने उन्ले गजल भन्दा अचम्म लाग्यो तर उनि त आफ्नो क्लेजका नामी गजलकार रहेछन । एउटा गजल या पेस गरेको छु अन्य गजल क्रमिक रुप मा......

तिम्ले हिरा लायौ  र त के भो,टल्कियो र पो गाह्रो भो
बाघले बख्रो खायो  र त के भो,पल्कियो र पो गाह्रो भो


पल्के पछी के रख्थो र सक्यो,पर्‍यो रित्तै खोर्
रित्तै खोर पर्‍यो र त के भो,मन्छे तिर सल्कियो र पो गाह्रो भो


 तिम्ले दियका चोटहरु,मुटु भित्र साची राखे
साची रखे र त के भो,बल्कियो  र पो गाह्रो भो


खान्न मोइ भन्दा भन्दै हाल्दियौ तिम्ले  ठेकी भरि
ठेकी भरी हाल्देउ र त के भो,छल्कियो र पो गाह्रो भो

Saturday, July 27, 2013

ति रमाईला पलहरु

क्लेज लाईफका केहि रमाईला पलहरु  

बसको यात्रा हरेक दिन  

जिस्किनी र रमौउनी हरेक दिन 

Thursday, July 25, 2013

दामु मुक्तक

जानी नजानी एउटा मुक्तक 

कहिले काही थोरै पनि हजार हुदो रहेछ
प्रेम बेच्नेहरुको पनि बजार हुदो रहेच
समाज अनि देश हेरेर थाहा पाए
मै हु भने हरु पनि लाचार हुदोरैछ


गौरव नेपाल (दामु)
भैरहवा

म को हुँ ?(Who am I?)



म नै हु यो
मेरो नागरिकतामा भएको नाम गौरव नेपाल हो तर म ब्लग लेख्दा अनि समजिक सन्जाल्हरुमा दामु   (DAMU) का नामबाट  लेख्ने वा परिचय दिने गर्छु । आफ्नो नाम मन नपरेर अर्को नाम राखेको पनि हैन ।समजिक सन्जालमा र ब्लग लेख्दा मैले जटिल कुरा उठाउँला र मलाई समस्या पर्ला भनेर समस्याहरुबाट बँच्न छद्मनाम प्रयोग गरेको पनि हैन ।साँच्चै भनुँ भने मैले मेरो धरातलबाट लेख्ने ब्लगहरुले त्यस्ता कुनै समस्या ल्याउलान् भनेर सोचेको पनि छैन । र, कथम् कदाचित मेरो लेखाइका कारण कुनै समस्या आइहाले पनि त्योबाट भाग्न सजिलो हुने बाटो पक्कै पनि म रोज्ने छैन ।

दामु के  हो यो ? किन ?
यो धेरै जनाले सोध्ने गरेको र मैले मेरै बिषयमा रहेर सुन्नु पर्ने प्रश्न हो ।सानोमा यसो कविता, गीत लेखेर पत्रिकामा छाप्दा सबैले आफ्नो आफ्नो उपनाम लेख्ने गरेको देख्थेँ । कोही दुखी, कोही यात्री, कोही साथी, कोही निर्दोष यस्तै धेरै धेरै उपनामहरुका कविता र गीतहरु पत्रिकामा देख्दा साहित्यमा उपनाम त अनिवार्य भए झै लाग्यो ।कार्तिकमा जन्मेको मान्छे लाई दमोदर भनिदो रहेछ तेसै नाम लाई मैले आफ्नो उपनाम रख्ने कोसिस गर्दा गर्दै दामु हुन गएको हो । तपाईले जे नामले बोलाए पनि मलाई नमज्जा भने लाग्ने छैन तर यति हो तपाईले बोलाएको नामले मलाई बोलाएको हो भनेर मैले चै बुझ्न सकुँ।

जन्म र पढाई
म २०४९ सालमा पाल्पा जिल्लाको बग्चौर (हुमिन ग बि स) मा जन्मेको हु ।सहेद जन्म मात्र पाल्पामा भएको भन्नु पर्ला,रुपन्देही जिल्ला को भैरहवमा हुर्किय ।दसै तिहार म जाने गर्छौ पाल्पा अजै पनि, मलाई संसारमै रमाइलो लग्ने ठाउँ हो पाल्पा मेरो गाउ बग्चौर ....
मैले भैरहवकै सन साइन स्कुल बाट एसएलसी सक्काएँ ।रुपन्देही को लुम्बिनी ईन्जिनियरिङ कलेज बाट सिभिल ईन्जिनियरिङमा डिप्लोमा गरेको छु ।

मेरो कुरा 
मैले ब्लग लेख्ने कुराहरु दैनिक जीवनमा देखेका भोगेका र सुनेका कुराहरु नै हुन्छन् । इन्टरनेटमा ठ्याक्कै यही काम लाग्ने बिषयमा लेख्छु भन्नलाई त्यस्ता कुरा जान्दिन । यसैले जे कुराले आफुलाई छुन्छ, ढुक्कले लेखिदिन्छु । तर सुरु गर्दा भने आफ्नै कविता, गीत र गजल अनि निवन्ध लेख्छु भनेर मात्रै सुरु गरेको थिएँ । मेरो ब्लग ठेगाना यो हो है भनेर कसैलाई सुनाउँदा सबैभन्दा फरक भएको अनुभुति निकै पछिसम्म रहिरहन्थ्यो । यसमा लेखिएका कुरा आधिकारिक हुदैनन् । त्यसो भन्दैमा हावादारी कुरा लेख्छु भन्न खोजेको पनि हैन । तर कुनै घटनाक्रमका बारेमा मैले गरेको विश्लेषण सहि नहुन पनि सक्छ । म बिषयसँग तटस्थ वा निष्पक्ष भएर ब्लग लेख्न सक्दिन । ब्लग लेख्दा निजी विचार नलेखेँ के लेख्ने भन्ने सोचेको पनि छैन । मलाई लाग्छ, मेरो विचार, मेरो स्वाभिमान हो । म मेरा विचार राख्न स्वतन्त्र छु । अनि मेरो विचारमा सहमत असहमत हुन तपाई स्वतन्त्र हुनुहुन्छ ।

म ब्लग लेख्दा राजनीतिक बिषयवस्तुसँग सम्बन्धित ब्लग पनि लेख्छु । राजनीति मेरो चासोको बिषय हो । कुनै पार्टीले गरेका सबै काम राम्रा र कुनैले गरेका सबै काम नराम्रा भन्ने मलाई लाग्दैन । नेपाली राजनीतिमा म खुसी पनि छैन र सबै सकियो भनेर निराश पनि छैन । नेतालाई गाली गरेकै भरमा जिम्मेवार नागरिक होइन्छ भन्ने चै म मान्दिनँ । बरु राजनीतिलाई डर्टी गेम भन्दै त्यसको कुरै गर्न नचाहनेले नेतालाई गाली गर्ने अधिकार पनि राख्दैनन् भन्ने लाग्छ ।

मलाई भेट्न
मलाई ब्लगको कुनै पनि कमेन्ट बक्समा कमेन्ट वा सल्लाह सुझाव पेजमा लेखेर सम्पर्क गर्न सक्नुहुन्छ । अथवा,
इमेलमा सम्पर्क गर्नका लागि damugaurav92@gmail.com
फेसबुकमा http://www.facebook.com/YourDamu?ref=hl

मेरो फेसबुकमा http://www.facebook.com/damugauravnepal

ट्विटरमा https://twitter.com/damugaurav

ब्लगर http://www.blogger.com/profile/02100395603850367693
केहि शब्द म को हुँ ?(Who am I?) लागि

Saturday, July 20, 2013

वाध्यताको पिडा (कथा)

समाजिक बिषय र मुलत सुचना प्रधान कथा हो यो..... यो कथामा युवा बर्गमा बोलिने शब्दहरु प्रयोग भएका छन ।यो कथा का लेखक मेरो आत्मिय मित्र  सुधन गौतम हुन ।कथा राम्रो सरल र बगेको छ जस्तो लाग्यो तेसैले आज मैले आफ्नो ब्लग मा समाबेस गरेको छु ।

टृङ टृङ फोनको घन्टि,फोन उठाउँना साथ " Happy Birthday to you" मैले भने को हो ? प्रश्नमाथि को प्रश्न साला चिनिनस ? कती छिटो बिर्सेको ? कती भछ र ! त सग छुटेको ?जाबो १ बर्षमा आफ्नो मिल्ने साथीलाई नै बिर्सिस ? त्यो आवाज थियो मेरो कलेज लाईफको मिल्ने साथी रमेशको , हाम्रो भेट नभएको करिब १ बर्ष  नै भएछ समय जान के बेर छर्लङग कलेज नै याद आयो
"आई साले त काह छस ऐले ?"
"म तम्घास छु"
"आज यतै आईज न मोज गरौल"
"मिल्दैन होला यार"

"साले मैले आईज भने पछी आईज न खुरुक्क"
"त अजै सम्म change नभको रैछस यार,म साझ सम्म आउछु ल ऐले राखे"

Friday, July 19, 2013

खै किन होला ?


- पानीमा डुबेर रुन सकिन्छ कि सकिदैन

होला ?
- माछालाई तिर्खा लाग्छ कि लाग्दैन
होला ?
- हाँगामा बसेका चराहरु निदाएर
कहिलेकाँही खसेका छन् कि छैनन् ?
- अग्लो पक्की भवनलाई किन बिल्डिङ
(building) भनेको होला, जब
कि बनिसकेको हुन्छ ।
- विज्ञापनमा कुकुरलाई दिने
खाना नयाँ मिठो स्वादमा आएको भन्छ,
कसले चाख्छ र मिठो मान्छ होला ?
- पैसा रुखमा फल्दैन भने बैंकहरुले किन
ब्रान्चहरु बढाउँछन् ?
- "i love u" मा प्रश्न होइन तै पनि किन
मानिसहरु यसको जवाफ खोज्छन् ?


Ashish Khanal दाइको फेसबुकबाट 

Monday, July 15, 2013

मुक्तक


1) आखामा नि नबिजाउने जाती हुनुपर्छ
छोराछोरी हर मुढमा साथी हुनुपर्छ
तेस्तो कै स्वर्थहुन्न आमाबुवाको
मात्र यती बुडेशकालको लाठी  हुनुपर्छ


2) सपनमा न देखेको कुनै रात छैन
रुन्छु भन्छु एकान्तमा पुछी दिने हात छैन
यसो गर्लान उसो गर्लान कती कती सपना हेखे
जती सन्तान भए पनि बुडेश्कालमा साथ छैन


3) जिन्दगीको आचम्मको आकार हुदोरैछ
बुडेशकालमा सबै मान्छे लाचार हुदोरैछ
भोकलाग्द खाना हुन्न तिर्खा लाग्दा पानी
आफ्नतको नि रुखो बेबहार हुदोरैछ

Wednesday, July 10, 2013

मिर्मी तथा सेतीबेनी यात्रा (फोटो )

मिर्मीमुनि काली थुनेको !!

धेरै पहिले देखी सुनेको थिए मिर्मी को बारेमा तर जाने अबसर पाएको थिएन । हामी ४५ जना जती साथीहरु  नेपालकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी 'ए' जाने अवसर क्याम्पसले मिलायो अलि अलि खुशी अनि अलि अलि उसाह सगै हाम्रो यात्रा सुरु भयो भैरहवबाट,लुम्बिनी ईन्जिनियरिङ कलेजका ४५ जना विधार्थी र निलहरी खतिवढा सर भएर बाटोमा धेरै रमाइलो गरियो । 
स्याङ्जाको मिर्मी पुगेपछि जलयात्रा गरिएन भने भ्रमण अपूरो हुन्छ भन्दा रहेछन हामी पनि नेपालकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी 'ए' बन्ने क्रममा मिर्मीनजिकै बाँध बाँधिएपछि बनेको तालमा स्टिमरको नौलो र अनौठो  यात्रा गर्ने मौका मिल्यो ।स्टिमरले गुल्मी जिल्लाको सेतीबिनीसम्मको साढे सात किलोमिटर दूरी ४५ मिनेटमा तय गर्दोरहेछ, जसमा एकपटकमा ६० जनासम्मले यात्रा गर्न सक्दारहेछन। 
मिर्मी यात्राका केहि फोटोहरु 

मिर्मीमुनि काली थुनेको
मिर्मिको झोलुङ्गे पुलमा 

टिका,कृष्ण,अभिनेश(अभिनस) र लोकनाथ दाई सेतीबेनी 

स्टिमरमा चाडन कुर्दै साथीहरु

Sunday, July 7, 2013

खास छ सडकमा

गौरव नेपाल 
गौरव अनि धेरै जनताको आश छ सडकमा
देश अनि समाजको बिकास छ सडकमा

तै ठाउँलाई आफ्नो कर्म बनाउदै छु मैले
जनताको अनि राष्ट्रको सास छ सडकमा

सबैले सहयोग गर्नु पर्छ देशको मुहार फेर्न
हरेक ठाउँ अनि गाउमा पुग्ने सक्ती खास छ सडकमा

आफ्नै हो यो बिकासको प्रयास यो सबैले सोच्नु पर्छ
हजुर अनि सबैको करको रास छ सडकमा

असहयोग नगरे बिकासको यो पाटोलाई
फेरी भन्न बेर नलाग्ला बिकासको लास छ सडकमा

भन्न त खै के भनम आफ्नै बारेमा
अन्त्यमा गौरव भन्ने बिकासको दास छ सडकमा


Thursday, July 4, 2013

दुख र सुख एउटै सिक्काका दुइ पाटा


सयद  मान्छे, समाजिक प्राणी भएकोले होला आफ्नो प्रगती भएको,राम्रो भएको हेर्न र सुन्न चाहन्छ ।कसैको बारेमा राम्रो वा प्रगती गर्‍यो भने उसको प्रगती र राम्रोमा आफुलाई दाजेर आफुले केही गर्न नसकेको,नसक्ने वा आफ्नो समयनै नराम्रो भन्दै हिनताबोध र तनाब लिन्छ मान्छे ......कहिले हिनताबोध र तनाबमा पुर्पुरोमा हात राख्दै आफ्नै भाग्य र चलिरहेको समय प्रती रिस पोखिरहेका हुन्छन भने कहिले त्यही ब्यक्ती प्रगती र आफ्नो गुण गउदा दुइहात उचालेर रमाइरहेको हुन्छ ।
बेला बेलामा म र मेरा साथीहरु बिच पनि यस्तै पर्सँगले छलफलको बिषयको बनेर ठाउँ ओग्ट्छ । हामीले धरै चलाउने  सामाजिक सन्जाल,बिभिन्न उपन्यास,पत्रपत्रिकामा देखा परेका र लेखिएका ब्यक्तीहरु र कहिलेकाही आफ्नै अलि तलब बडी पाएका  र गनिएका साथीहरुको उदाहरण दिदै उनिहरुको प्रगतिमा मन अ्मिलो बनउने गर्दछौ ।
निरन्तर चलिरहने समयले दुख मात्र दिने कित सुख मात्र दिने गर्दैन । यती मात्र हो कि कसैको लागि कुनै पल बढी जस्तो भैदिन्छ त कसैको लागि कुनै अर्को... तर दुख र सुख एउटै सिक्काका दुइ पाटा हुन तेही सिक्कालाई हामी जिबन भन्छौ । एउटा पाटा(दुख) सानो वा थोरै र अर्को पाटा(सुख) धेरै भएर त सिक्काको सोरुप नै आउदैन।
सबैको प्रगति,उन्नति,सुखको दिन आउछ आनी सधै सबैको राम्रो पनि हुँदैन ।आफ्नो क्षमता र भित्री रहरले गरेको काम कहिल्यै खेरा जादैन । मेरो आत्मिय मित्र तथा ग्यास व्यवसायी केशब वेल्वासे भन्छन "भगवानलाई त आफ्नो भक्तको घुइचो हेर्न एक बर्ष कुर्न पर्छ भने हामी त मान्छे" । उनकै शब्द सापट लिएर भन्दा पनि भागवानका कती मन्दिरहरुमा बर्षको एकचोटी मात्र घुइचो हुन्छ तर पनि मन्दिर ले आफ्नो धर्म काम छोडेको हुँदैन भने हामी मान्छेहरुले आफ्नो क्षमता भित्र रहेर गरेको काम किन छाड्ने, आफ्नो काम निरन्तर गरिरहनु पर्छ । प्रगती वा राम्रो पनको घुइचो आउने समयमा हजुरकै ओरिपरी आउछ .............

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...