Tuesday, October 29, 2013

भोट नहाल्दा भन्दा हाल्दा पछुतो हुने डर

लेखक :- क्षितिज पौडेल 

मिति:-२०७०-७-१२ 

केहिदिन यता भोट नहाल्ने मानसिक्तामा रहिरहेको समयमा आज फेरी एकाएक नया सोच उत्पन्न भयो - मैले मतदानको अधिकार पाएपछिको  प्रथम निर्वाचनमा कसरि भोट नहाली बस्नुमैले त भोट हाल्ने पर्छ रुपन्देहीमा करिब ९-१० वर्ष देखि अस्थाई रुपमा बस्दै आएपनि मेरो स्थाई ठेगाना ललितपुर हो । त्यसैले मेरो मतदान गर्ने क्षेत्र ललितपुर -२ हो यहाँ देखि ललितपुर जान परिवार को सहमतिको आवश्यक थियो,त्यसैले यो बिषयमा आफ्नो आमालाई जानकारी गराएजवाफ मा उहाले भन्नुभयो "भो फेरी नहुने कुरा नगर,यहाँ बाट अब सिधै पोखरा जाने,कसलाई जिताएर क गर्नु ?"कुरा एक हिसाबले सहमति गर्न लायक लाग्यो। हुनत कसलाई जिताएर के गर्नु ?फेरी उता जादा आफ्नो पुरा समयतालिका अस्तब्स्ता हुन्छ ,७-८ गते पोखरा पुग्नु पर्छ .नजाने सोच नै ठिक जस्तो लग्यो।  फेरी सोचे हैन आखिर जनताले प्रतक्ष्य रुपमा पाएको थोरै अधिकार मध्येको पनि महत्वपुर्ण अधिकार खेर जान दिने?रिस पनि उठ्यो नेपालको कानुनहरु प्रति उमेद्वार जहाँ बाट पनि उठ्न पाउने अनि मतदाता चाहि आफ्नै ठाउमा पुग्नुपर्ने । जाने नजाने दुविधाकै बीचमा अर्को निस्कर्ष निकाले मतदान हावा र हल्ला को भर मा गरेर भएन ,यसको लागि केहि समय दिनै पर्छ उचित पार्टी र ब्यक्तिको  छनोट पनि त उतिकै महत्वपुर्ण छ ,घोषणा पत्र पढेर नहुने देखेरै आज भन्दा २-३ दिन अघि नै तिनीहरुको डाउन्लोड रोकेको थिए ,घोषणा पत्र हेर्नु र कुनै पार्टी को कार्यकर्तालाई कुन पार्टी ठिक भनेर सोध्नु एकै हो मेरै पार्टी ठिक भनिहाल्छ। शासकीय स्वरूप,संघियता र अरु समित कुरा छोडेर सबले गरेको ४० -१०-५ वर्षमा देश बनाऊने गफ मात्र त हो। त्यसैले कार्यसैली हेरेर उचित व्यक्ति र पार्टी भेट्यो भने आमालाई यसलाई जिताएर यो गर्छु भन्न मिल्छ अनि जान पनि नत्र त्यतिकै गए भने पनि मलाई भोट नहाल्दा भन्दा हाल्दा पछुतो हुने डर छपुरा पढ्न तथा हेर्न या जानुहोस । 

Thursday, October 17, 2013

रम्मा देवी मन्दिर यात्रा

२०७०-०६-२६ गते मेरो जन्म घर पुगेका थियौ हामीहरु (बाबा,भाई र म)हिनाईको थकान,गाउको माया र गाउले दाजुभाई दिदिबहिनी आमबुवाको गाफ अलिकती भएनी टाडा भएकाथियौ शहर बाट ।सबैको कान देखी कान सम्म मुस्कान देख्दा यो गौरव खुशी नहुनेत कुरै भएन । कुनै कुनै परिवारमा आसु अनि रोधन पनि थियो । घर पुग्दा नपुग्दै गाउले दाई अमृतले हाम्रो गाउ बाट झन्नै १२किमी टाढा रम्मपानीमा रहेको रम्मदेभी मन्दिर जाने प्रस्ताव राख्नु भयो ।शहरको कोलहल बाट गाउमा पुगेका हामीलाई यो भन्दा राम्रो अवसर के हुन्थ्यो र समय बिताउन को लागि तयारी हुन थाल्यो । पुरै १२ किमी हामी ६ जना हिनेरै पार गरै ।सबै हितैसी र सहयोगी भएकाले लामो दुरी हिन्दा पनि थकैको महसुस भएन तर पनि घर अएपछी खुट्टा दुखेर उदुम भयो ।अकस्मात को यात्रा भएकाले केमेरा लान बिर्सियछ मोबाईल कै केमेराले फोटो उतारेम..........यात्राका अलि राम्रा केहि तस्बिर..........

रम्मदेभी मुल गेटमा म 

मन्दिर पेरिसरमा हामी ६ जना 

Tuesday, October 8, 2013

दशै शुभकामना



"शान्ती होस्,सफल होस् तिम्रो मनकामना सुख तिम्रो झोलिभरी, यही मेरो सुभकामना "

"पुर्व मेची ,देखी पश्चिम महाकाली, हिमाल, पहाड ,तराइ अथवा देश विदेशमा छरिएर रहनु भए हाम्रा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी ,आमाबुवाहरुमा यस महान पर्व श्री बिजया दशमीको शुभ-अवसरमा सुस्वास्थ्य,दिर्घायु, शान्ति, समृद्दी एबम प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ! "


"दशैको बेला आयो आउ एउटा हिसाब गरौ सबैलाई फाईदा हुने हामी एउटा निसाब गरौ। मित्रतामा शक्ती हुन्छ, जोडौ सबै मित्रुहरु बैरभाब छोडौ अब घटाऊ सबै शत्रुहरु। सबै हामी बराबरी अबसर लाई भाग लगाऔ गुणा गरौ सम्बृदीलाई गरिबीलाई दुर भगाऔ। आशिष थाप मान्यजन्को तिम्रो शक्ती जोडीनेछ जस्ले तिम्रो रिस गर्छ उस्को शेखी तोडिनेछ। फरक यहाँ कोही छैन हामी सबै एकै थरी फुल धेरै माला एउटै हामी सधैं भरी। मान,बुद्धि,धर्म,बिबेक,ज्ञानको होस् फलीफाप रोग्,ब्यदि,दुख ,कष्ट हटुन सबै महापाप । चम्क तिमी सुर्य जस्तै ,फुल तिमी सधैंभरी नाम जस्तो काम तिम्रो,बास्ना आओस वरिपरी दशैं आओस खुशी ल्यओस तिम्रो घरभरी ईष्टमित्र जम्मा हुन सधैं यसै गरी।"


the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...