Monday, August 3, 2015

ऊफ् सि इज प्रेगनेंट

मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक,कथा लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलको कथा आज या पेश गरेको छु । 

लेखक :- क्षितिज पौडेल
पानी परेको  दिन बिहान उठ्न कठिन छ । पोखराको पृथ्वीनारायण क्याम्पस बिहानी सत्रमा पढ्ने मलाई नउठी सुख छैन । पढ्नुपर्छ केहि गर्नुपर्छ भन्ने व्यापक दबाब छ । बा आमा हरेक पटक फोन मा त्यही भन्नुहुन्छ । मेरो घर गोर्खाको सिमलचौर भन्ने ठाउमा छ । किसान परिवारको एक्लो छोरो स्नातक को विद्यार्थी ,घरको आशाको केन्द्र । गाउकै बिद्यालय मा +२ सकेर पोखरा हिडेको । पोखरामा दाईहरु छन् ,घर आउ-जाउ गर्न सजिलो र सस्तो हुन्छ भनेर काठमाडौँ नपठाका । आफुलाई चाई काठमाडौँ जाने कम्ता रहर थिएन । तर यहाँ आएपछि यतै रमाइलो लग्यो ।आउने बित्तिकै बाले अह्राए झैँ दाइले मोबाइल किन्दिनुभो । गाउमा बसेर घास दाउरा चलाउनु भन्दा मोबाइल चलाउनु निकै रमाइलो लाग्दैथियो । क्याम्पसका सुरुवाती दिन हरुमा कक्षामा गएर खुरुखुरु पढेर फर्किन्थे तर जति दिन पछि पछि हुदै गयो ,साथी संग चिनजान हुदै गयो ।

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...