Sunday, June 30, 2013

सौरहा यात्रा (चितवन) फोटो तथा भिडियो



पोखरको आशामा रमाइ रहेका हामिहरु,क्याम्पसको सौरहा लग्ने कुरोले कती साथी रिसाय कती खुशी भए भने कती नजानी पनि भने तर म त खुशी नै थिय सौरहमा चित्त बुजाउन पनि किन कि क्याम्पसले कोही न लाने निणय पनि लिन सक्थ्यो ।  धेरै रमाइलो अनि धेरै सम्झना नै सौरहा यात्रा को उपलब्दता बन्यो । लगभग ४५ जाना साथीहरु र ४ जना क्याम्पस स्टाफ भएर कैले छत नभएको गाडी मा यात्रा गर्यौ कैले चितवन निकुन्ज भित्रको सरकारी हात्ती सार अवलोकन , गोही र हरिणनै हाम्रो प्रमुख उपलब्धता बन्यो  । छत नभएको गाडीमा यात्रा  गर्द केहि नया अनुभव त केहि रमाइलो सम्झना भयो । 
चितवन निकुन्जको बिच भागमा एउटा ताल रहेछ हाम्रो धरै समय नै तेही बित्यो । धेरै फोटो र धेरै सम्झनाहरु केमरमा कैद गरियो । अनि निकुन्ज भित्रै रहेको सङ्रलयको आवलोकन पनि नौलो भयो हाम्रो लागि सम्झन लायक धेरै छन तर पनि सबै लेखेर मात्रै पनि भएन .....आज लाई यती नै...३ ४ दिनमा यस्तै टुटेफुटेका शब्दको साथमा ....

साथीहरु संग चितवन निकुन्जमा रमाइलो गर्दै 

हात्ती र मउते राप्ती नदिमा

Saturday, June 29, 2013

ठिकै गरेछु आज

सुधन गौतम
अर्गाखाँची
हाल:- भैरहवा 

बैगुनिको माया मारेर ठिकै गरेछु आज
निस्ठुरिलाई च्यात्तै छोडेर ठिकै गरेछु आज

खुला आकासको स्वतन्त्रका लागि
पिन्जडानै तोडेर ठिकै गरेछु आज

प्रीतिको फुल टिप्न हिलोलाई माया भन्थे
किनार बाटै फर्केर ठिकै गरेछु आज

दारले आराको धारसारी चोट खप्ने गर्थे
केराकै रुख बनेर ठिकै गरेछु आज

आफु छियाछियाभै खुकुरिकै नाम जप्ने गर्थे
घाती नाता तोडेर ठिकै गरेछु आज

म त आफ्नै संसारमा खुलेर रम्ने मन्छे
निरन्कुस संसार छोडेर ठिकै गरेछु आज

खुल्ला आकासको स्वतन्त्रका लागि
पिन्जडानै तोडेर ठिकै गरेछु आज

Friday, June 28, 2013

भैरहवाको मौसम कहिले तातो घाम कहिले पानीको झरी

भैरहवा देवकोटा चोक
हिजो देखी भैरहवाको मौसम्ले बेला बेलामा आफ्नो रुप परिवर्तन गरिराखेको छ । कती बेला झरर पानी परेको छ भने उतिखेरै घाम को तातो राप, भैरहावाको बाटो पुननिर्माण भैरहेको एस्तितिमा यो मौसम ले ठुलो असर गरेको छ तर पनि खेती बाली को लागी यो बर्षा आबसेक पनि हो । एस्तो मौसम को कारण ले गर्दा भैरहवा सुनसान देखिएको छ । सडकमा गाडिहरु कम गुडेका छन भने सर्बसाधारण पनि आफ्नो घरमै सिमित हुनपरेको छ । भैरहवका कती सडक जल्मन्न भएका छन भने कती सर्बसाधारणको घरहरुमा पनि पानी पसेको देखन सकिन्छ ।

भैरहवा लुम्बिनी गेट


                                

यो मौसमले मलाई काममा अलि फुर्सदिलो बनएको त छ तर पनि म जस्तो ढुल्न रमाउनि र एउटै ठाउ मा बस्न नसक्ने लाई त गाह्रो नै भएको छ तर पनि कलाकार, हास्यव्यंग्यकार हरिवंश आचार्यको आत्मकथा "चिना हराएको मान्छे" को शब्द हरुमा आफुलाई भुलउनी जमर्को गरेको छु । आउने दिनमा पढेर सकेपछी यो पुस्तक्को बारेमा लखने बाचा गर्दै ........
फोटो सौजन्य :-भैरहवको फेसबुक पेज Bhairawa beauty








Thursday, June 27, 2013

संका गरेको राम्रो



संका गरेको राम्रो , आखा तरेको राम्रो
गाली गरेझैं गरी , माया गरेको राम्रो

मया जती गरेनी भेट्न नपाइने दिनदिनै
जस्ले जे भनेनी यस्तै , माया गरेको राम्रो

हाम्रो मिलनको वेला आएर वाधा वन्ने
तीन्लाइ मैले केही गर्नु भन्दा आफै मरेको राम्रो

म संग भेट्दा,धेरैले वोटो विराइ भन्दाहुन
मायाको आंगनमा तिम्रा वोटा परेको राम्रो

कसैलाई गुलाव गरे, कसैलाई सयवत्री
गौरवलाई आफ्नै सानु, मनमा वसेको राम्रो

Monday, June 24, 2013

मुक्तक

Prakash Sharma
Bhairahaw



समस्या अनगिन्ती छन्,साथ दिने कोही छैन
भिर बाटै हाम फालेनी बचाउन हात दिने कोही छैन
दुख म आफै सँग छ जिन्दगीमा
थाहा छैन सुख दिने कोही छ कि छैन

*****************************


खुशी हुनु सधै तिमी दुखी त म हुनै दिन्न
दुख पिर तिम्लाई प्रदा कुरा लुकै हिंड्न दिन्न
यी प्रिये तिम्लाई म धेरै माया गर्छु हेर
मेरो माया तिम्रो लागि कहिले पनि मर्नै दिन्न

my different photo

me at my work (TRIP)

Edit by myself by photoshop


Sunday, June 23, 2013

जिबन यहा के सार ??

GAURAV NEPAL

न बन्न सके कबि लेखक,न बन्न सके जगिरदार
न बन्न सके गतिलो ईन्जिनियर न त गायक कलाकार
यो जिबन पने के जिबन हो जिबन यहा के सार ।।

न बन्न सके कुनै खेलाडी,न बन्न सके ठेकेदार
न बन्न सके डाक्टर,न नास गर्न सके अत्याचार
धेरै ठाउमा हात हाले पनि सधै हुन्छ मेरो हार ।।

न भगवानको भक्त बन्न सके,न घुम्न सके संसार
न बन्न सके नमुना कृषक,न हटाये भष्टाचार
यो जिबन पने के जिबन हो जिबन यहा के सार ।।

न बन्न सके गतिलो पुलिस न चलाउन सके हतियर
न चढन सके सगरमाथा,न गर्न सकियो अबिस्कार
धेरै ठाउमा हात हाले पनि सधै हुन्छ मेरो हार ।

यो जिबन पने के जिबन हो जिबन यहा के सार ।।
धेरै ठाउमा हात हाले पनि सधै हुन्छ मेरो हार ।।

Gaurav Nepal (damu)
(LEC TECH,STRIDE)
page 125

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...