Sunday, June 21, 2015

गौरव र खुशी भाग २

गौरव र खुसी भाग १


मेरो इन्जिनियरिङ्गको पढाई पनि सक्की सकेको थियो ।जिवनमा आमुल परिवर्तन आइ सकेको थियो ।साथीहरु भन्थे मेरा बिचारहरु,आनिबानिहरु अनि मेरो सोचाइहरु सबै परिवर्तन भएका छन ।परिवर्तन भएका थिएनन त केवल पुराना यादहरु .......खुशी...........अनि उन्कई क्युट बेबी सन गौरव....

लेखक :- गौरव नेपाल 'दामु' 
यस्तै गरी चलिरहेको जिवनमा नयाँ नयाँ पात्रलेहरुले जन्म लिएका थिए ।तीनई मध्य एउटी खास थिइन ।फेस्बुक मार्फत भेट भएको थियो हाम्रो अन्जान साथी को रुप क्रमिक रुपमा बेस्ट फ्रेन्ड हुँदै उन्कै प्रेम प्रस्ताबमा मेरो प्रेमिकाको ठाउ ओगट्न सफल भएकी थिईन उनि...... घर बुटवल......... पक्लिहवा कृषी क्याम्पसमा बि.यजी........नाम गरिमा पौडेल
आज उनको जन्मदिन भएकाले हाम्रो भेट्ने कारेक्रम छ ..उन्कै प्रिय मेरी सुईटमा
ठीक २ बजे म त्यहाँ पुग्दा उनि मलाई नै परख्दै थिइन ।
"मैले धेरै बेर त कुराएन नि"
"छैन म पनि भर्खरै आएको "
"अनी फेरी पनि जन्म दिनको शुभकामना है गरिमा तिमीलाई"
"थेन्क्स... हैन हैन... धन्यवाद हा हा"



Wednesday, June 17, 2015

क्षितिज कबिता


मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलको कबिता आज या पेश गरेको छु ।
ए पश्चिमी हो,
पठाएकौ छौ है, आफ्ना चाडपर्व,  धर्म,इभ,सिभ सबै
अनि किन नपठाको नि
आफ्नो मेहनतपना,
विकास,प्रगती र दक्ष्यता।
हामीले मनाइदिएकै थियौ तिम्रा त्यी नासोहरु
विर्सिएरै भएनी हाम्रा नया वर्ष, औशी पुर्णिमाहरु
यत्तिले नि नपुगेर क्यार्न तान्छौ हाम्रा मान्छे उतै तिर
अनि फकाउछौ,लुकाउछौ र हराइदिन्छौ उतै उतै ।
ह्या लैजाउ तिम्रो चाड,पर्व, उत्सब र धर्मसर्म
अनि सके पठाउ तिम्रा बिकास र मेहेनतका केहि अंश
यहि नि नसके फर्काउ मेरा दाजु,दिदी  हरु
तिम्रा भ्यालेन्टाइन,हग डे मनाउन नजान्ने हाम्रा आमाहरु आमा खुवाउने औशी पर्खिरहेछन् ।।।सर्वाधिकार लेखकमा

Tuesday, June 16, 2015

गुमाए पछी (गजल)

देश बिकासमा मन हराए पछी
प्रगतिका गुरुहरुलाई धपाए पछी

पढ्एका मारिन्छन ,ज्ञानिहरु हराउछन यहाँ
ज्ञानको सगर पुस्तकालयनै जलाए पछी

भष्टचार मौलाउछ ,नारिहरु लुटिन्छन यहाँ
अपराधिहरुलाई कारवही गर्न डराए पछी

सिमा मिचिन्छन , मान्छेहरु थिचिन्छन यहाँ
घरमुली नै छिमेकिको पक्षमा कराए पछी

शब्दहरु बटारिन्छन ,सत्यहरु रिसाउछन यहाँ
कसैले आजरका बिरुद्धमा षणेन्त्र बनाए पछी 

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...