Wednesday, June 17, 2015

क्षितिज कबिता


मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलको कबिता आज या पेश गरेको छु ।
ए पश्चिमी हो,
पठाएकौ छौ है, आफ्ना चाडपर्व,  धर्म,इभ,सिभ सबै
अनि किन नपठाको नि
आफ्नो मेहनतपना,
विकास,प्रगती र दक्ष्यता।
हामीले मनाइदिएकै थियौ तिम्रा त्यी नासोहरु
विर्सिएरै भएनी हाम्रा नया वर्ष, औशी पुर्णिमाहरु
यत्तिले नि नपुगेर क्यार्न तान्छौ हाम्रा मान्छे उतै तिर
अनि फकाउछौ,लुकाउछौ र हराइदिन्छौ उतै उतै ।
ह्या लैजाउ तिम्रो चाड,पर्व, उत्सब र धर्मसर्म
अनि सके पठाउ तिम्रा बिकास र मेहेनतका केहि अंश
यहि नि नसके फर्काउ मेरा दाजु,दिदी  हरु
तिम्रा भ्यालेन्टाइन,हग डे मनाउन नजान्ने हाम्रा आमाहरु आमा खुवाउने औशी पर्खिरहेछन् ।।।सर्वाधिकार लेखकमा

No comments:

Post a Comment

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...