लेखक |
म आज तपार्इंलाई एउटा कथा सुनाउँछु ।
एक्लै हुने चरीको मनको व्यथा सुनाउँछु । ।
जीन्दगीले चोट दिने, एउटी सुन्दर चरीको सुन्दा सुन्दै मन रुने जायजेथा सुनाउँछु । । ।
आज सुनाउँदैछु एउटा कथा, त्यो एकादेशको कथा...त्यो एकादेशमा पनि घना जङ्गलमा बस्ने चरा र चरीको कथा । हो, भर्खर भर्खर जोडी बनेका ती सुन्दर चरा र चरीको कथा...।
त्यो घना जंगलमा एउटा रुख थियो । जहाँ बस्नका लागी सुन्दर गुँड थियो...घुम्नका लागी खुल्ला आकाश थियो । कहिले किरा फट्याङ्ग्रा समातेर खान्थे, कहिले पात पतिङ्गगर खोस्रिएर अघाउँथे । खुल्ला आकाशमा कहिले चरो अघि अनि कहिले चरी अघि एकतमासले वेग हानेर उडिरहन्थे उनीहरु । त्यो एउटा रमाइलो खेल थियो उनीहरुको । कहिले चरो अगाडी कहिले चरी अगाडी । यसैगरि मनग्गे खुशी हुन्थे उनीहरु ।
चरोको एउटा बानी थियो । जब आहारा भेट्थ्यो अनि भुर्रर उडेर चरीको छेउमा पुग्थ्यो र चरीलाई मुख आँ गर्नलगाउँथ्यो । जब आहारा खानका लागि चरीले मुख आँ गर्थिन् अनि चरोले उनको मुखमा आहारा हालिदिन खोजे जसरी आफैले खाइदिन्थ्यो । त्यतिबेला चरीले रिसाएझैँ गरेर उसको टाउकोमा एक दुईपटक ठुङ्थिन् र एकातिर मुन्टो फर्काएर ठुस्किन्थिन् । तब त्यो चरो उनलाई जिस्काउँदै लुकाएर राखेको अर्को ठुलो आहारा दिन्थ्यो । चरी सोध्थी, तिमी किन सँधै यसैगरि सताउँछौ मलाई । चरो भन्थ्यो, तिमीले रिसाउँदा पनि माया गरेर पिटेको खुब्बै मनपर्छ, त्यही हेर्न । चरी, होला खुब्बै भन्दै आहारा खोस्थी, अनि दुवैजना हाँसीहाँसी खान थाल्थे । यसैगरि बितिरहेका थिए दिनहरु अनि रातहरु ।
तर एकरात बेस्सरी हुरी चलिरहेको थियो । दिनभरि पर पर सम्म उडेर आएकोले निक्कै थाकेका थिए चराचरी । मस्त निन्द्रामा थिए । एक्कासी ठुलो आवाज आयो । आफु हुत्तिएर भुइँमा पछारिएको अनुभव गरि चरीले । उठेर छेउमा चरोलाई हेरि, देखिन ।