Saturday, July 20, 2013

वाध्यताको पिडा (कथा)

समाजिक बिषय र मुलत सुचना प्रधान कथा हो यो..... यो कथामा युवा बर्गमा बोलिने शब्दहरु प्रयोग भएका छन ।यो कथा का लेखक मेरो आत्मिय मित्र  सुधन गौतम हुन ।कथा राम्रो सरल र बगेको छ जस्तो लाग्यो तेसैले आज मैले आफ्नो ब्लग मा समाबेस गरेको छु ।

टृङ टृङ फोनको घन्टि,फोन उठाउँना साथ " Happy Birthday to you" मैले भने को हो ? प्रश्नमाथि को प्रश्न साला चिनिनस ? कती छिटो बिर्सेको ? कती भछ र ! त सग छुटेको ?जाबो १ बर्षमा आफ्नो मिल्ने साथीलाई नै बिर्सिस ? त्यो आवाज थियो मेरो कलेज लाईफको मिल्ने साथी रमेशको , हाम्रो भेट नभएको करिब १ बर्ष  नै भएछ समय जान के बेर छर्लङग कलेज नै याद आयो
"आई साले त काह छस ऐले ?"
"म तम्घास छु"
"आज यतै आईज न मोज गरौल"
"मिल्दैन होला यार"

"साले मैले आईज भने पछी आईज न खुरुक्क"
"त अजै सम्म change नभको रैछस यार,म साझ सम्म आउछु ल ऐले राखे"



एका बिहानैको सम्वाद आज मेरो जन्मदिन पो रहेछ ।म आफैलाई थाहा थिएन । त्यो फोनले कलेज लाईफ पुन सम्झन बाध्य बनायो ।ति दिनहरु कती मोज गरिन्थ्यो ।कलेज  bunk,महिनामा ३ ४ पल्ट जोरधार tour कलासको रमाइला ति दिनहरु कहाँ आउलान र! हामी मेरो जन्मदिनमा बियर खान पासा होटल जन्थयौ ।आज मैले तै जानी सोच बनाएको छु । साझ करिब ३ बजे मलाई पहिलो गर्ने रमेशले पुन फोन गर्‍यो ।
"म बुटवल आइपुगे ।"
"तै पुरानो पासा होटेल आइज"
ला म आए भन्दै तेतै हानिए । त्यहाँ पुग्दा उहि टेबल तर बियरको ठाउँमा खुकुरी रम ।
"hard हन्ने होर ! भाइ ?"
मेरो प्रश्न पुरा नहुँदै जावाफ फर्कयो
"चुप लगेर बस थपक्क"
मैले उस्को इच्छा पुरा गरिदिए ।रमको पहिलो चुस्की संगै उस्ले प्रश्न गर्‍यो
"तेरो छम्माको(girl friend) खबर के छ ?"
त्यो प्रश्नले मेरो दिनभरिको खुशी मेटिदियो ।
पुन: यो चर्केको घाउमा छुनाक्कियो ।बल्ल बल्ल हर्ष छाएको यो मनमा बियोगको पिडाले च्यापिदियो । आखाका आसुहरु त सबै सकिसकेका थिए त्यै पनि अझै निचोरिएर राता राता भएको देखना साथ रमेशले प्रश्न गर्‍यो "के भयो र यार कालीलाइ ?"
"छोड यार त्यस्को कुरा " मेरो जवाफ यती मात्र थियो । यतिकैमा मेरो गिलास रित्तिएको थियो तर रमेशको  आधा भन्दा थोरै ।  गिलासमा रम खानउदै मेरो बोली फुट्न थन्यो ।
"त्यो भा... ले धेरै रुवाई यार मलाई ।तलाई थाहा नै छ मैले तेस्लाई कती माया गर्थे त्यो कलेज नाअएको दिन मेरो कस्तो हुन्थ्यो ।तेसैले गर्दा म तिमीहरु देखी टाडा पनि भए तर आज त्यो पल्को हासो सम्झेर रोइ रहेछु । हुन त उस्को घरको परिस्थितिले पनि उस्लाई तेस्तै बनायो ।दिदी बहिनिनै तै काममा लागे यार ।" बिचमा रमेशको आतिएको मुहार सगै मलिन आवाज "बिहे गर्ने हो भन्थी है तेस्ले त"
"मेरो घरमा टेन्सन थियो त्यती बेला तेस्लाई मात्र एक महिना परखी भनेको थिए तर ..............
कुनै चिया पसलमा बसेर चिया खाइरहदा उस्लाई बाटोमा देखछु तर अर्को टेबुलका केटाहरुले वेश्या यस्तो घिन्लाग्दो शब्द उस्लाईप्रयोग हुँदा सोच यो मन कती रुदो होला ?अब त नै भन त्यस्तो केटीलाई कसरी आफ्नो घरको बुहारी बनाउ यार ।उस्को रहर नभई वाध्यता हो तर उस्को बध्यता मैले बुज्छु अरु ले बुझ्दैनन  ।त्यै एक महिना मैले उस्लाई प्रखन न भनेको भए यो दिन देखन पर्दैन थियो ।मैले उस्लाई मेरो पुरा खुशी दिन्छु भनेको थिए तर तै एक महिनाले सबै खुशी लुटी लाग्यो ।आज उ हरेक ब्यक्तिको ..........पासा दाई एक क्वाटर दिनुहोस त!" "ओए एक वोतल पुरा भयो आज एक क्वाटर मग्छस र ?"
"साले मैले भनेको कुरा कैले कटेछस तैले ?आज नि नकाट"
प्रेममा आफ्नो ज्यान दियो भन्ने सुन्दा कस्तो कायर रै छ भन्थे पहिले तर आज म पनि त्यही अवश्थमा छु ।तर म चाहन्छु "त्यो केटिको लागि यस्ले ज्यान दियो" भनेर दुनियाले मलाई नभनोस ।मेरो मृत्यु पछी मलाई कायर नभनोस । तैले भन्थिस नि खुट्टा भए जुत्ता कती कती तर बुझ मन पर्ने जुत्ता एउटा मात्र हुन्छ ।अरु जुत्ता काटे पनि तलाई बाल(मतलब्) हुन्न तर त्यै मन परेको जुत्ता फाटे एक मिनेट भए नि मन खिन्न हुन्छ बुझिस ...............
"असिम अब लास्ट प्याक है"
"ok as your wish"
"असिम अब लास्ट प्याक है"
"ok done"
"साले बोल्छ लागे पछी हा हा हा"
" अब चाही लागौ है तर बिल चाही म पे गर्छु "
"हुन्छ "

"पासा दाई कती भयो हाम्रो लौनु पैसा"
............
..........
"अनी आजै त  तम्घास जदैनस होला हिन हाम्रो घर"
"हैन यार आउँदै गरमलानी आज त दिदी को मा खाना पकेछ तेतै जान पर्छ"

"ल राम्रो सग जा है हम्लाई चै न भुलेस नि फरि"
"तेस्तो कुरा नगर न यर मैले तलाई भुल्छु होला र ?"
" हा हा मजाक गरेको यार"
" ल  gud nite"
"gud nite"


सुधन गौतम को ओरु रचना पढ्न या क्लिक गर्नुहोस ।


  • हजुरहरुको सल्लाह सुझाव नै हाम्रो आधार हो  

Nepal Introduces New Earthquake-Resistant Building Code (with pdf)

Nepal Introduces New Earthquake-Resistant Building Code: A Civil Engineer’s Insight  Nepal has taken a significant step toward c...