Wednesday, July 31, 2013

क्षितिज मुक्तक


मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलका मिक्तकहरु आज या पेश गरेको छु । 
१.
क्षितिज पौडेल
हिमाल माटो अनि खानी माग्यो
डुबायो देश अनि पानी माग्यो

बुद्धको  बृद्काल र मृत्यु उसैसंग थियो
हुदाहुदा बालापन र जवानी माग्यो

२.
कि रुखले काम देखाउनु पर्यो
कि सुर्यले घाम देखाउनु पर्यो

ए १२ वर्ष रामायण पढाउने  रत्नाकर
रावण मात्र होइन राम देखाउनु पर्यो

३.
कर्णालीको गाथा सुनाउनहुन्छ था'
दाजु भन्दिनु न कर्णाली का'

तपाई त संसार घुमेको मान्छे
कहिले कर्णाली जानु भा'

४.
मात्र समय काट्ने पारा खोजेको भए
बरु जुन र तारा खोजेको भए

पाउन अलि सजिलो हुनेथियो होला
उनलाई नभई संसार सारा खोजेको भए

५.
हेर्दा हेर्दै कमरेडले घर फेर्नुभएछ
उपनाम राखेर थर फेर्नुभएछ

बधाई दरबारले भोट हजुरलाई दिनेभो
चुनाब चिन्न हेलिकप्टर फेर्नुभएछ

६.
जे मिल्छ अब बाडेर खानेछु
मभन्दा देश ठुलो ठानेछु

देश बनाउने भए यति भनोस्
दिल्ली भन्दा पहिला दार्चुला जानेछु |

७.
जब उकुशमुकुश हुनेछ
बिद्रोह र जुलुस हुनेछ

रामको पनि सत्ता खोसिनेछ
शासनमा लुवकुश हुनेछ









८.
खै के सिकायो पत्तो भएन
गयो कि आयो पत्तो भएन

त्यस्तालाई नि क गुरु भन्नु
के के पढायो पत्तो भएन |


९.
गर नगर शृंगार फरक पर्दैन
जे भनोस् यो बजार फरक पर्दैन

मैले तिमीलाई प्रथम जुन लाई दोस्रो बनाए
अरुले गरेनी अस्वीकार फरक पर्दैन

१०.
टाउको बेचेर टोपी किनेछ कस्तो अचम्म
भर्खर आफुलाई नै चिनेछ कस्तो अचम्म

गाउमा बा खेताला नपाएर भड्किरहेछन
छोरा जागिर खोज्दै हिनेछ कस्तो अचम्म

manager and blogger of http://yourskshitiz.blogspot.com/


हजुरको केहि शब्द क्षितिज तथा दमुको संसारलाई 

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects)

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects) ...