Wednesday, July 23, 2014

कस्तो अचम्म (गजल रुपी भावना)



सुधन गौतम
अर्गाखाँची
           हाल:- भैरहवा हुँदै कपिलबस्तु


जन्मे पछी मर्नु पर्ने कस्तो अचम्म
बाचुन्जेल दुख गर्नु पर्ने कस्तो अचम्म

जिन्दगी नाटक अनि हामी तेस्को पात्र रे
बिभिन्न रोल खेल्नु पर्ने कस्तो अचम्म

भेटेछैन कसैलाई तर छन रे भागवान
ढुङ्गालाई धोग्नु पर्ने कस्तो अचम्म

एकदिन अवस्य मर्नुछ सबलाई थाहा छ
तर दुनिया ठग्नु पर्ने कस्तो अचम्म

मन हुने रे अनि मनमा माया हुने रे
कतिलाई आफ्नो ठान्नु पर्ने कस्तो अचम्मा





सुधन गौतम को ओरु रचना पढ्न या क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

Nepal Introduces New Earthquake-Resistant Building Code (with pdf)

Nepal Introduces New Earthquake-Resistant Building Code: A Civil Engineer’s Insight  Nepal has taken a significant step toward c...