Saturday, May 3, 2014

गौरव र खुसी

एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ।मानिसहरुसँग खुलेर बोल्न पनि धक
लाग्थ्यो।कलेजमा पनि कसैसँग बोल्दैनथिएँ।साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे।
उनीहरु मलाई खुसीर्सँग नाम जोडेर जिस्काउँथे।म लाजले निहुरिरहन्थेँ।



साथीहरुका नजरमा खुसी सायद केटि थिइन अरुजस्तो।न त ऊ थ्रेडिङ गर्थि न त अरु कुनै मेकअप।
यस्ती धुस्री फुस्री केटि मजस्तो सोझोलाई मात्र सुहाउँछ।साथीहरु सायद यस्तै सोच्दथे।तर मलाई खुसी एकदम मन पर्न
थालिसकेकि थिई।के कारण थियो खै मजस्तै हेपिएकि भएर दया जागेको हो या प्रेम नै थियो म बुझ्न सकिरहेको थिइनँ।
दुनियाको नजरले आकर्षण नपाउने खुसीको मुहारमा म व्रम्हाण्डको सम्पुर्ण लालित्य पोतिएको पाउँथेँ।पिकनिक जाँदा पनि म
उसैलाई हेरिरहेको हुन्थेँ।ऊ लुज फिटिङ पाइन्ट लगाउँथि।चश्मा लगाउँथि।उसका घुम्रिएका कपाल थिए।साथीहरु
उसको हुलियाको मजाक बनाएर कुरा गर्थे,मलाई असह्य हुन्थ्यो तर पनि म चुपचाप सुनिरहन्थेँ।
म साथीहरुका आँखा जोगाएर खुसीसँग कुरा गर्थेँ।सामान्य कुराहरु हुन्थे पढाइलेखाइ सम्बन्धी नै।म उसलाई
एकोहोरो चाहिरहेको थिएँ।अहँ उसलाई माया गर्छु भन्ने आँट कहिल्यै आएन।
बिस्तारै-बिस्तारै हेर्दाहेर्दै कलेजका दिनहरु सकिए।दुई वर्षको पढाइ सकिएको थियो।प्राक्टिकल एक्जामको अन्तिम दिन नै
हाम्रो साथीहरुको अन्तिम भेटघाट रह्यो।साथीहरु 'टच'मा रहौँला भन्दै बिदा हुँदै थिए।मलाई खुसीसँग बिछोड हुने पीडाले
सताइरहेको थियो।
खुसी आँखाभरि आँसु बनाउँदै म भएतिर आइ।'ल त गौरव पछि पनि गेट टुगेदर गर्नुपर्छ है।फोन गरिराख ल।'ऊ हात हल्लाउँदै
बिदा भई।म मुटुभरि माया लुकाएर उसलाई बिदा गरिरहेको थिएँ।
त्यतिबेला फेसबुक आइसकेको थिएन।मोबाइल पनि सहज थिएन। खुसीले उसको ड्याडीको पोष्टपेड को नम्बर दिएकि थिई।मैले
त्यो नमबरमा फोन पनि गर्न सकिनँ।म उसकै यादमा तड्पिरहन्थेँ।
मलाई खुसीको अत्तोपत्तो थिएन।बस् यादहरुमा आएर सताइरहन्थि।मैले इन्जिनियरिङ पढ्न थालेँ।नयाँ साथीहरु बने।तर
पनि खुसीलाई भुल्न सकेको थिइन।
एकदिन म साथीहरुसँग बसन्तपुरमा टहलिँदै थिएँ।मेरा आँखा परिचितजस्तै लाग्ने मुहारमा पुगेर टोलाए।म झसँग भएँ।
हो त्यो पराइसँग हातेमालो गर्दै हिँडेकि मेरी खुसी नै थिई।म अन्योलमा थिएँ।यस्तो चेञ्ज?उ टाइट पाइन्ट,लङ कोरिएन कोट
अनि बुटमट थिई।पुरा मेकअपले धपक्कै बलेकि थिई।आँखामा चश्मा पनि थिएन।उसले पनि मलाई हेर्दै हेर्दै गई।मैले पनि हेरिरहेँ।
मैले आफूलाई चिमोटेर हेरेँ,म बिपनामै थिएँ।
एकदिन म फेसबुक खोल्दै थिएँ।धेरैदिनदेखि आएर बसेका फ्रेण्ड रिक्वेस्ट चेक गर्दैजाँदा खुसी अधिकारी पौडेल भनेर फेला पारेँ।
मेरो मन भारी भयो।रिक्वेस्ट एसेप्ट गरेर उसको प्रोफाइल हेर्न थालेँ।
रिलेसनसिप म्यारिड टु क्षितिज पौडेल, सिटि सिड्नी अष्ट्रेलिया देखेँ।
बिस्तारै फोटोहरु हेर्न थालेँ।धेरै एल्बमहरु थिए।'भ्याकेसन इन नेपाल' मा बसन्तपुरका फोटोहरु पनि देखेँ।एउटा फोटोमा गएर
आँखा टक्क अडिए।बच्चाको फोटो थियो।क्याप्सनमा लेखिएको थियो,'माइ क्युट बेबी सन गौरब'।मेरा आँखाबाट आँसु
टिल्पिलाउन थाले।उसले पनि मेरो नाम जिन्दगीभर नबिर्सिने गरि सम्हालेर राखेकि रहिछ।
'रियल्ली क्युट लाइक हिज मदर', फोटोमा कमेन्ट गर्दागर्दै मेरा आँखाभरि आँसु जमिसकेको थियो।

No comments:

Post a Comment

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects)

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects) ...