GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

भोट नहाल्दा भन्दा हाल्दा पछुतो हुने डर

लेखक :- क्षितिज पौडेल 

मिति:-२०७०-७-१२ 

केहिदिन यता भोट नहाल्ने मानसिक्तामा रहिरहेको समयमा आज फेरी एकाएक नया सोच उत्पन्न भयो - मैले मतदानको अधिकार पाएपछिको  प्रथम निर्वाचनमा कसरि भोट नहाली बस्नु? मैले त भोट हाल्ने पर्छ ।रुपन्देहीमा करिब ९-१० वर्ष देखि अस्थाई रुपमा बस्दै आएपनि मेरो स्थाई ठेगाना ललितपुर हो । त्यसैले मेरो मतदान गर्ने क्षेत्र ललितपुर -२ हो ।यहाँ देखि ललितपुर जान परिवार को सहमतिको आवश्यक थियो,त्यसैले यो बिषयमा आफ्नो आमालाई जानकारी गराए।जवाफ मा उहाले भन्नुभयो "भो फेरी नहुने कुरा नगर,यहाँ बाट अब सिधै पोखरा जाने,कसलाई जिताएर क गर्नु ?"कुरा एक हिसाबले सहमति गर्न लायक लाग्यो। हुनत कसलाई जिताएर के गर्नु ?फेरी उता जादा आफ्नो पुरा समयतालिका अस्तब्स्ता हुन्छ ,७-८ गते पोखरा पुग्नु पर्छ .नजाने सोच नै ठिक जस्तो लग्यो।  फेरी सोचे हैन आखिर जनताले प्रतक्ष्य रुपमा पाएको थोरै अधिकार मध्येको पनि महत्वपुर्ण अधिकार खेर जान दिने?रिस पनि उठ्यो नेपालको कानुनहरु प्रति उमेद्वार जहाँ बाट पनि उठ्न पाउने अनि मतदाता चाहि आफ्नै ठाउमा पुग्नुपर्ने । जाने नजाने दुविधाकै बीचमा अर्को निस्कर्ष निकाले मतदान हावा र हल्ला को भर मा गरेर भएन ,यसको लागि केहि समय दिनै पर्छ उचित पार्टी र ब्यक्तिको  छनोट पनि त उतिकै महत्वपुर्ण छ ,घोषणा पत्र पढेर नहुने देखेरै आज भन्दा २-३ दिन अघि नै तिनीहरुको डाउन्लोड रोकेको थिए ,घोषणा पत्र हेर्नु र कुनै पार्टी को कार्यकर्तालाई कुन पार्टी ठिक भनेर सोध्नु एकै हो मेरै पार्टी ठिक भनिहाल्छ। शासकीय स्वरूप,संघियता र अरु समित कुरा छोडेर सबले गरेको ४० -१०-५ वर्षमा देश बनाऊने गफ मात्र त हो। त्यसैले कार्यसैली हेरेर उचित व्यक्ति र पार्टी भेट्यो भने आमालाई यसलाई जिताएर यो गर्छु भन्न मिल्छ अनि जान पनि नत्र त्यतिकै गए भने पनि मलाई भोट नहाल्दा भन्दा हाल्दा पछुतो हुने डर छ।पुरा पढ्न तथा हेर्न या जानुहोस । 
Copied to Clipboard!