GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

दुख र सुख एउटै सिक्काका दुइ पाटा


सयद  मान्छे, समाजिक प्राणी भएकोले होला आफ्नो प्रगती भएको,राम्रो भएको हेर्न र सुन्न चाहन्छ ।कसैको बारेमा राम्रो वा प्रगती गर्‍यो भने उसको प्रगती र राम्रोमा आफुलाई दाजेर आफुले केही गर्न नसकेको,नसक्ने वा आफ्नो समयनै नराम्रो भन्दै हिनताबोध र तनाब लिन्छ मान्छे ......कहिले हिनताबोध र तनाबमा पुर्पुरोमा हात राख्दै आफ्नै भाग्य र चलिरहेको समय प्रती रिस पोखिरहेका हुन्छन भने कहिले त्यही ब्यक्ती प्रगती र आफ्नो गुण गउदा दुइहात उचालेर रमाइरहेको हुन्छ ।
बेला बेलामा म र मेरा साथीहरु बिच पनि यस्तै पर्सँगले छलफलको बिषयको बनेर ठाउँ ओग्ट्छ । हामीले धरै चलाउने  सामाजिक सन्जाल,बिभिन्न उपन्यास,पत्रपत्रिकामा देखा परेका र लेखिएका ब्यक्तीहरु र कहिलेकाही आफ्नै अलि तलब बडी पाएका  र गनिएका साथीहरुको उदाहरण दिदै उनिहरुको प्रगतिमा मन अ्मिलो बनउने गर्दछौ ।
निरन्तर चलिरहने समयले दुख मात्र दिने कित सुख मात्र दिने गर्दैन । यती मात्र हो कि कसैको लागि कुनै पल बढी जस्तो भैदिन्छ त कसैको लागि कुनै अर्को... तर दुख र सुख एउटै सिक्काका दुइ पाटा हुन तेही सिक्कालाई हामी जिबन भन्छौ । एउटा पाटा(दुख) सानो वा थोरै र अर्को पाटा(सुख) धेरै भएर त सिक्काको सोरुप नै आउदैन।
सबैको प्रगति,उन्नति,सुखको दिन आउछ आनी सधै सबैको राम्रो पनि हुँदैन ।आफ्नो क्षमता र भित्री रहरले गरेको काम कहिल्यै खेरा जादैन । मेरो आत्मिय मित्र तथा ग्यास व्यवसायी केशब वेल्वासे भन्छन "भगवानलाई त आफ्नो भक्तको घुइचो हेर्न एक बर्ष कुर्न पर्छ भने हामी त मान्छे" । उनकै शब्द सापट लिएर भन्दा पनि भागवानका कती मन्दिरहरुमा बर्षको एकचोटी मात्र घुइचो हुन्छ तर पनि मन्दिर ले आफ्नो धर्म काम छोडेको हुँदैन भने हामी मान्छेहरुले आफ्नो क्षमता भित्र रहेर गरेको काम किन छाड्ने, आफ्नो काम निरन्तर गरिरहनु पर्छ । प्रगती वा राम्रो पनको घुइचो आउने समयमा हजुरकै ओरिपरी आउछ .............
Copied to Clipboard!