Saturday, June 29, 2013

ठिकै गरेछु आज

सुधन गौतम
अर्गाखाँची
हाल:- भैरहवा 

बैगुनिको माया मारेर ठिकै गरेछु आज
निस्ठुरिलाई च्यात्तै छोडेर ठिकै गरेछु आज

खुला आकासको स्वतन्त्रका लागि
पिन्जडानै तोडेर ठिकै गरेछु आज

प्रीतिको फुल टिप्न हिलोलाई माया भन्थे
किनार बाटै फर्केर ठिकै गरेछु आज

दारले आराको धारसारी चोट खप्ने गर्थे
केराकै रुख बनेर ठिकै गरेछु आज

आफु छियाछियाभै खुकुरिकै नाम जप्ने गर्थे
घाती नाता तोडेर ठिकै गरेछु आज

म त आफ्नै संसारमा खुलेर रम्ने मन्छे
निरन्कुस संसार छोडेर ठिकै गरेछु आज

खुल्ला आकासको स्वतन्त्रका लागि
पिन्जडानै तोडेर ठिकै गरेछु आज

Construction Cost Calculation (HOUSE Nepal)

🏠 🇳🇵 Nepal Construction Cost Calculator 📊 Preliminary Building Cost Estimator • 2026 📋 1️⃣ Project Informati...