Tuesday, July 28, 2015

गौरव र खुशी भाग ३

धुम्म परेको बिहान थियो.........सुर्य पनि लाज मानेझै बादलहरुमा आफ्नो आनुहार लुकाइरहेको थियो । आकास पनि गहभरी आसु बनाइ रुन खोजिरहेको थियो ।तर मलाई यि कुराहरुले केहि असर गरेको थिएन । भोली गौरव र खुशी भाग ३ आउदैछ एस्तै घोशणा गरेको थिए फेसबूकमा हिजो..... राखिदिन्छु भनदै फेसबूक खोलेर एसो हेरेको त मेसेज आएको रहेछ एउटा परिचित नाम....तर पहिलो पटक फेसबूकमा मेसेज !!!आच्म्म लाग्यो.....उनि थिइन ओरु कोइ नभएर खुसी....खुसी अधिकारी.....खुसी अधिकारी पौडेल
लेखक :-
गौरव नेपाल   (तिम्रो दामु)
"गौरव.......म खुशी......धेरै कुरा छन...तिमी सँग गर्नु पर्ने तर समय छैन र यो फेसबूक पनि सही ठाउँ हो जस्तो लाग्दैन भेटेरै कुरा गरौला भन्ने सोचेको थिए... तर पनि आज लेखनै पर्ने भयो भनु वा कर लगायो मनले ......तेसैले एसैमा पठाएको छु ।
तिम्रा हरेक लेख रचना गजलहरु पढेको छु मैले धेरै राम्रो पर्योगहरु गर्छौ तिमी.....मेरो र तिम्रो कथा त दसौ पटक पढ्य हुला धेरै मन छोयो....पुराना कुराहरु ताजा गराइदियौ....तर डर लग्छ गौरव मलाइ अबका भागहरु आउदा तेस्ले तिम्रो भबिष्यलाइ असर त गर्ने होइन ।
तिमिले मलाइ धेरै राम्रो र माथी बनायेर लेखेका छौ कथामा....म तेती राम्रो भयको भये ....सायेद तिम्रै हुन्थे हुला ।  म त एउटा रिलेसनमा भएको मान्छे अझ उहालाई नि सबै कुरा भनेकी छु तर तिम्रो त पुरा पुर भबिष्यको सवाल छ गौरव.......गरिस्माले तिम्लाई गरेको व्यवहार प्रती पनि म क्षेमा चाहान्छु तर उस्को पनि कुरा बुझ्दिन्छौ भन्ने आसा गरेको छु ।सायद अरुनै कोही राम्रो मान्छे लेखेको छ तिम्रो जिवनमा.....


समय आनुसार हिन्न सिक गौरव.....बिगत बिगतनै हो बिगतलाई बारम्वार झस्कायर आफुले आफैलाई कम्जोर नबनाउ .....तिमीलाई आफ्नै रचनाले किस्ता किस्ता मा पिडा दियको म हेर्न सक्दिन....तेसैले सक्छौ भने यो गौरव र खुशीको कथा आज बाट नलेखिदेउ..........तिम्रो ईन्जिनियरिङ साथीहरु तिम्रो कामको भोगाई सहितको कथा पढ्न पाउ जस्मा म तिम्रो सिरिफ पाठ्क रहु......पात्र नबनु मेरो यती ईच्छा छ ।
म यही दसैमा नेपाल आउछु आसा छ हाम्रो भेट हुनेछ.....अरु कुरा भेटेरै गरौला।मैले केहि नराम्रो लेखेको भए वा तिम्रो मन दुखाएको भएमा माफी चाहान्छु । 
कुनै बेला तिम्रै हुन चाहेकी अभागी 
                 " खुशी

मानबिय मनस्थिती र परिस्थिती परिबरतन हुन समय नचाहिदो रहेछ ।गौरव र खुशीको जिवन कथा मन पराईदिनु भएका सबैमा किर्तज्ञ छु ।माथिका खुशीका कुरहरु सुनिसकेपछी अन्य भागहरु लेख्न मेरो मनले सायदै मान्ला.....................तर मेरा प्रथम पाठक तथा हितैसी  मित्र प्रकाश अनि कपिल को सल्लाहमा खुशीले लेखेको यो मेसेज यहाँ राखेको छु "गौरव र खुशी भाग ३" को नाम दिएर अनी हजुरहरुको सुझाब सल्लाहको अपेक्छया राखेको छु.... के मैले यस पछीका भागहरु कम्प्युटरको फोल्डेरमै राखु वा देखाउ....................................



No comments:

Post a Comment

Construction Cost Calculation (HOUSE Nepal)

🏠 🇳🇵 Nepal Construction Cost Calculator 📊 Preliminary Building Cost Estimator • 2026 📋 1️⃣ Project Informati...