Tuesday, December 22, 2015

फोन

मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक,कथा लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलको कथा आज या पेश गरेको छु । 

मस्त निन्द्रामा थिए बिहानै फोन बज्यो ,दुइ पटक सम्म अलर्म भनेर इग्नोर गरे ।बजारमा चलेको एउटा नेपाली गीत मनपरेपछी त्यो गीत नै मेरो मोबाईलको रिङ्गटोन , मेसेजटोन , अलर्मटोन सबै बनेको थियो । त्यसैले के बजेको नहेरी चिनिदैन्थियो । आवाज बन्द गर्न बल्लबल्ल आँखा उघारेर हेरे मोबाईल ,बल्ल ४:१० बजेको रहेछ , मोबाईलमा दुइ वटा मिसकल देखे, अलर्म ५ बजेको थियो । पत्रकारितामा लागे देखी घर को लागि छुटाएको नम्बरमा घर तिरै को नम्बर बाट बिहानै फोन आएपछी कौतुहलता हुँदै थियो,फेरी सोही नम्बर बाट कल आयो । उठाए, उताबाट हड्बड गर्दै बोले र भने बाबु राती सुमन लड्यो अस्पताल ल्याको छ , तिमी आजै आउ । सुमन अर्थत मेरो भाई । बा आमा र भाई पाल्पा घरमा बस्नुहुन्थ्यो । म तमाम नेपाली जस्तै अवसरको खोजिमा राजधानी छिरेर यतै पत्रकारिता गर्दैथे ।

 सानैदेखी मनपराएर पत्रकारितामा लागेको नभै समय र स्थितिले पत्रकारितामा हुत्याइदिएको हो मलाई । एउटा राष्ट्रिय स्थरको पत्रीकामा जगिर पाएदेखी ,काठमाडौं म आफु पालिन,घरतिरै भाइलाई पढाउन र अलिअली घरखर्च पठाउन जेनतेन पुर्याएकै थिए । यस्तो तानतुने जिन्दगीमा आएको यो समस्याले दिक्क बनायो । एकपटक बिरामी भाइलाई अनि बाआमा लाई सम्झिए । एटिएम ,केहि लुगा र अलिअली प्रयोग गरेर राखेको हर्लिक्स झोलामा हाले । सिरानमुनी र डायरिको भित्र लुकाएर राखेको केहि पैसा मोजमा लुकाए,२-३ हजार भन्दा बढी पैसा गोजिमा नराख्नु लामो यात्रामा डाका लाग्छ भनेर हजुरबुवा भन्नुहुन्थ्यो,उहा बितेको धेरै बर्ष भएपनी र म जती ठुलो भएपनी मैले कहिले २-३ हजार भन्दा बढी पैसा पर्समा रख्न सकिन । कोठाको सबै तरतम्य मिलाएर कोठाबाट निक्लिदै गर्दा घरभेटी बुढाले बोलएर भने ,"बाबु ५ गते भैसक्यो ,भाडा दिए हुनेहो " मैले फर्केपछी दिन्छु हतार छ भन्दै हिड्न खोजेपछी बुढा बर्बाराउन थाले । केहि कुरा चित्त भुझेन भने बुढा बर्बाराइहल्छन र आफ्नो रिसको जिम्मा हाई ब्लड प्रेसरलाई दिन्छन । २४ घण्टामा एक पटक नि बुढा कराएनन भने भुझ्नुपर्छ कि उनि घरमा छैनन कि उनलाई फेरी रोग ले चप्यो । बुढालाई छडेर म गाडी चढि कलकी पुगे ।बुटवल जाने सबैभन्दा सुरुको बसको लास्ट सिट मात्र खाली रहेछ, त्यस्मै भएपनी बसे आफुलाई छिटो पुग्नु थियो । मोबाईल चारजर , पावर बैंक कोठामै बिर्सेछ त्यै पनि हकिम सँग बिदा माग्न फोन गर्नै पर्यो । सदा झै हकिमले बिदा दिन आनाकनी गरे,सबै कुरा भनेपछी, उनको कैयौ प्रश्न को उतर दिएपछी बल्ल लौ छिटो फर्किनु है भनेर बिदा दिए आफुलै फोन राख्न हतार थियो ब्याट्री लो थियो । सधै अफिस जादा,हकिम लाई मत्लब हुँदैन तर जब बिदा मागिन्छ उनि त नभए अफिस नै चल्दैन जस्तो कुरा गर्दथे । काठमाडौं बाट बुटवल पुग्दा अरु दिन म जती पटक गाडी रोक्थ्यो उति पटक ओर्लिन्थे ,चुरोट तान्थे ,बाटोमा बेच्न ल्याए जती चिज खान्थे र छेउका मान्छेसँग गफिन्थे । तर त्यो दिन टोलाएरै ओइलिएको हालतम बुटवल पुगियो । बाटोभरि घरकै याद मात्र आयो । बुटवल पुगे ,बुटवल बाट पाल्पा जाने गाडी बाट पाल्पा पुगे । बिहान आएकै नम्बर म फोन गरे,सुमन कता छ ? मिसन हस्पिटल क्याबिन न ५ । केहि बेरमा हस्पिटल पुगे,क्याबिन न ५ मा पुगे । त्यहाँ बिरामी बाहेक कोही देखिन । बिरामी मुख छोपेर निदाएको थियो । कोठाभित्र नर्स आइन ,के भएको हो भनेर सोधे "हिजो बेलुकी लडेर ब्लिडिङ भएछ ,ब्लड दिइयो , गुल्कोज दिइयो अनि अलि ठीक छ औषधी खाएर सुत्नुभाछ ,नबोलाउनु होला है " भनिन । अनि सोधिना तपाईं बिरामी को दाई हो ? हजुर । हिजो देखी बा आतिएर बस्नुभाकोथियो अब ठुलो छोरो आउने बेला पनि हुन लाग्यो कान्छो नि सुत्यो भनेर भर्खर केहि खान बाहिर जानुभयो । बुढो बा को यस्तो हालत सुनेर बा सँग कुरा गर्न एकछिन पनि कुर्न सकिन,भाइ को अवस्था सोचेभन्दा राम्रो पाएपछी मलाई अतिएका बाआमा को बढी चिन्ता लाग्दैथियो । बालाई काल गरे , बा म आए तपाईं कता ? बाको जबाफ्ले अचम्मै बनायो, बाबु म बारीतिर गोडमेल गर्दैछु केहि नभनिकन आको बाबु । अनि आमा नि बा, आमा घरमै भाई आउने बेला हुन लाग्यो खाजा तयार गर्न । अनि भाई नि ? भाई त फर्किने बेला नै भाको छैन नि । केहि पक्कै गड्बड भएको भुझियो, बिहान फोन गर्ने लाई फोन गरेर गाली गरौ जस्तो लाग्यो,तर हतारमा केहि नगरौ भनेर रोकिए । कबिन भित्र एसो आँखा डुलाए ,बिरामीको नाम लेख्ने ठाउँ मा सुमन खनाल लेखिएको रहेछ । बिहानको नम्बर त रङ नम्बर रहेछ किनभने हामी खनाल नभएर नेपाल थरि थियौ ।यतिकैमा मेरो बा उमेरका एक मान्छे क्याबिन मा छिरे । बाबु कसलाई खोज्दै आउनुभाको ,मैले सबै कुरा सुनाए । बुडाले आफ्नो छिमेकिलाई फोन गर्न लगाएका रहेछन । नम्बरमा पोस्टपेड र प्रीपेड मा फरक हुने ५ र ४ फरक परेर फोन मेरो म आएको रहेछ । बुडाले निकै नराम्रो मानेर माफी मागे म केहि भन्नै सकिन । बरु फोन गर्ने मान्छे लाई फोन गरेर थर्काउ जस्तो लाग्यो तर उस्ले पनि जानिजानी गरेको हैन गल्ती सबै बाट हुन्छ जस्तो लाग्यो । बुडाको छोरालाई खबर गर्ने त बा भनेर सोधे भोली यहाँबाट छुटिहाल्छ भो अब दुख नदिम भने ।त्यहाँ बाट बिदा भएर हिडे अखिर अब घर जानुपर्यो । एक प्रकारको खुशी लाग्यो आफ्नो घरको सबैलै ठीक छ भनेर फेरी बाटो म त्यि बिरामी कि बाउ छोरा लाई सम्झिए,खै किन हो आफ्नै जस्तो लाग्यो फेरी एक पटक अस्पताल पुगौ जस्तो लाग्यो । ७०० मि जती हिडेको थिए फर्किए केहि फलफुल ,एउटा होर्लिक्स किनेर लिएर गए मलाई देखेर बुडका आँखा रसाए मेरा नि रसाए । केहि बेर बसे अनि घर गए घर गएर बा लाई सब रामकहाँनी सुनाए , दुख पर्दा अत्तिएर सुख हुँदा मतिएर एस्तो हुन्छ भन्नुभयो ।खानपिन सबै सकेर सुत्ने बेलामा सबै कुरा सम्झिए अखिर छिमेकी अत्तिएर मेरोमा फोन लाग्यो अनि म अत्तिएर कुरा राम्ररी नबुझी यहाँ पुगे । खेर जे भो ठिकै भो सबै सँग भेट भयो तर एउटा कुरा चाइ मैले दिमाग्मा राख्नुपर्छ " दुख पर्दा न आत्तीनु अनि सुख्ता म नमात्तीनु" ।

No comments:

Post a Comment

Construction Joint vs. Expansion Joint

Construction Joint vs. Expansion Joint: A Pro Engineer’s Guide Joints are essential in concrete construction to manage movement...